ADVERTISING

Breaking News

एसियन सिनियर सेन्ट्रल जोन भलिबल आजदेखि बंगलादेशमा

नेपाली महिला टोलीले श्रीलंका र पुरुष टोलीले आयोजकको सामना गर्ने

काठमाडौ । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप आजबाट बंगलादेशमा सुरु हुँदैछ । बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगितामा नेपालको महिला र पुरुष दुबै टोलीले सहभागिता जनाउदैछन । नेपालको महिला टोलीले पहिलो खेलमा आज श्रीलंकाको सामना गर्नेछ । यस्तै पुरुष टोलीले आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रले सहभागिता जनाएका छन् ।पुरुषमा आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । महिलामा आयोजक बंगलादेश, नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ । महिलातर्फ नेपाल साविक विजेता हो । पुरुषतर्फ समूह भने समूह चरणबाट बाहिरिएको थियो ।

leave a reply