ADVERTISING

Breaking News

निर्वाचन आयोगले संविधान अनुसार काम गरेको भए ओली पार्टीविहीन हुन्थे: प्रचण्ड

एमसीसीबारे गठबन्धनभित्र साझा सहमति बनाउनुपर्ने माधव नेपाल र बाबुरामको भनाइ

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी ओलीले आत्मसुरक्षाका लागि प्रतिनिधिसभा विघटन गर्ने प्रतिक्रान्तिकारी कदम चालेको आरोप लगाएका छन । सोमबार काठमाडौंमा समाजबादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा दाहालले ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको दाबी गरे । निर्वाचन आयोगले संविधान, ऐन र हिजोको नजिर अनुसार काम गरेको भए केपी ओली पार्टीविहीन हुने उनको भनाइ छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसीबारे साझा धारणा बनाउन प्रयास भइरहेको बताए । नेपालले सैन्य गठबन्धनमा समावेश गर्ने कुरा स्वीकार गर्न नसकिने पनि उनले स्पष्ट पारे । केपी ओलीजस्तो ज्याद्रो मान्छेलाई दाहालले चिन्नै नसकेको भन्दै नेपालले पटक पटक संसद विघटन र नेकपालाई विभाजन गरेका ओली वामपन्थी नै नभएको टिप्पणी गरे ।
कार्यक्रममा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी सम्झौताका लागि गठबन्धनभित्र साझा सहमति बनाउनुपर्ने बताए । एमसीसीको विषयमा गठबन्धनमा रहेका दलहरुबीच सहमति हुन नसके गठबन्धन भत्काउने खेल शुरु हुने र पुनः प्रतिगमन हुने खतरा रहेको भट्टराईले औंल्याए ।
उनले गठबन्धन भत्काउन बिभिन्न शक्तिहरु लागिपरेको समेत बताए ।

leave a reply