ADVERTISING

Breaking News

मेरो जित कांग्रेसलाई रुपान्तरित गर्ने यात्राको प्रारम्भ: विश्वप्रकाश शर्मा

काठमाडौ । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो जित कांग्रेसलाई रुपान्तरित गर्ने यात्राको प्रारम्भ भएको बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा गगनकुमार थापासँगै शर्मा निर्वाचित भएका छन् । जितपछि पार्टी कार्यालय सानेपा पुगेका शर्माले सञ्चारकर्मीहरुसँग कुरा गर्दै व्यक्ति र गुटको विजय नभइ सिंगो नेपाली कांग्रेसको जीत भएको बताए ।
उनले आगामी दिनमा कांग्रेसलाई सही बाटोमा हिडाउने प्रतिबद्धता समेत ब्यक्त गरे ।

leave a reply