ADVERTISING

Breaking News

माघ १९ बारे ओलीको आरोपको दाहालको खण्डन:  झुटो प्रचार गरेर दरिद्र राजनैतिक चरित्र प्रदर्शन गरेको भनाइ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू र पूर्वराजा ज्ञानेन्द्रबीच पाँच बुँदे सहमति भएको भन्ने आरोपको खण्डन गरेका छन् । उनले उक्त आरोप शतप्रतिशत झुटो भएको बताएका छन् । एमाले अध्यक्ष केपी ओलीले बुधबारको एक कार्यक्रममा दाहाल र ज्ञानेन्द्रबीच भारतमा पाँच बुँदे सहमति भएको र दुईजना बीचको साँठगाँठमा उपद्रव मच्चाइएको अभिव्यक्ति दिएका थिए । बिहीबार विज्ञप्ति जारी गर्दै प्रचण्डले उक्त सहमति भएको कुरा प्रमाणित गर्न र नसके माफी माग्न ओलीलाई चुनौती दिएका छन् । दाहालले जारी गरेको विज्ञप्तिमा पाँच बुँदे सहमति भएको थियो भन्ने शतप्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेको उल्लेख गरेका छन् । उनले दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखापरेका एमाले गुटका अध्यक्ष ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भनेका छन् ।।

leave a reply