ADVERTISING

Breaking News

कांग्रेसको १४औं  महाधिवेशनको उद्घाटन, प्रमुख दलका शीर्ष नेताले सम्बोधन गर्दै

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उदघाटन सत्र शुरु भएको छ । महाधिवेशनको उद्घाटन केहीबेर अघि राजधानीको भृकुटीमण्डपमा भएको हो । कांग्रेस सभापति देउवाले महाधिवेशनको उदघाटन गरेका हुन् । उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा १ सय ५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको छ । उद्घाटन समारोहमा काठमाडौँ उपत्यका बाहिरबाट सहभागी बोलाइएको छैन । उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरुका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिको समेत उपस्थिति रहेको छ । सहभागीलाई हेर्न सजिलोका लागि मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ । महाधिवेशनमा चार हजार ७ सय महाधिवेशन प्रतिनिधि सहभागी भएकाछन् ।।

शीर्ष नेताहरुले सम्बोधन

नेपाली कांग्रेसको १४ औं महाधिवेशन उदघाटन कार्यक्रममा प्रमुख दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । उदघाटन सत्रमा पार्टीका आठसहित जम्मा १५ जना नेताहरुले सम्बोधन गर्ने गरी कार्यक्रम तयार पारिएको छ । महाधिवेशनमा स्वागत गर्ने जिम्मेवारी काठमाडौँ कांग्रेसका सभापति सबुजकृष्ण बानियाँलाई दिइएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली एउटै कार्यक्रममा लामो समयपछि सहभागी हुन लागेका हुन । तत्कालीन नेकपाका तीन शीर्ष नेताहरु आन्तरिक किचालोका कारण अहिले तीनवटै पार्टीका अध्यक्ष भएका छन् । त्यस्तै जसपाका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, नेकपा मालेका महासचिव सिपी मैनाली, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतले पनि सम्बोधन गर्ने कार्यक्रम छ । कांग्रेसले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उपसभापतिद्धय विमलेन्द्र निधि, विजयकुमार गच्छादार, महामन्त्रीद्धय शशांक कोइराल, पूर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महतलाई समय दिने भएको छ । कोषाअध्यक्ष सीतादेवि यादवले पनि सम्बोधन गर्ने बताइएको छ ।

leave a reply