प्रतिनिधि विवादका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनको नयाँ कार्यसमिति चयनका लागि एक दिन ढिला गरी शनिबार मतदान सुर भएको छ । मतदानबाट अध्यक्षसहित १४९ सदस्य कार्यसमिति चयन हुनेछ। बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि ढिला गरी मतदान सुरु भएको हो ।
वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् । अध्यक्षमा थापा र लिङ्देनबीच प्रतिस्पर्धा हुनेछ । थापा समूहबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान तथा महिला उपाध्यक्षतर्फ रोशन कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । महामन्त्रीमा भाष्कर भद्रा, भुवन पाठक र महिला महामन्त्रीमा कुन्तीकुमारी शाही चुनावी प्रतिस्पर्धामा छन् । लिङ्देन समूहबाट उपाध्यक्षमा विक्रम पाण्डे, रामचन्द्र राय, डिलविकास राजभण्डारी, लीला श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन्। महामन्त्रीमा नायिका रेखा थापा, डा। धवलशमशेर राणा, श्याम तिमल्सिनाले उम्मेदवारी दिएका छन्।