ADVERTISING

Breaking News

एमाले महाधिवेशन चितवनमै हुनुलाई सकारात्मक लिएको छु: दाहाल

, विकास र राजनीतिको केन्द्र बनेको उल्लेख

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेले चितवनमा महाधिवेशन गरेको कुरालाई आफूले नकारात्मक रुप रूपमा नलिएको बताएका छन् । आज विहान नारायणी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधारको शिलान्यास गर्दै उनले एमाले महाधिवेशन चितवनमै हुनुलाई आफूले सकारात्मक रूपमै लिएको बताएका हुन । विकासको मात्र होइन, राजनीतिको केन्द्रसमेत चितवन बनेको अध्यक्ष दाहालले दाबी गरे ।
यसअघि दाहालले आफूलाई ‘सिध्याउन’ एमालेले आफ्नो गृहजिल्ला चितवनमा महाधिवेशन आयोजना गरेको आरोप लगाएका थिए । एमालेको १० औं महाधिवेशनमा सहभागी हुन आएकाहरुले चितवनको विकास र महत्व बुझेर गएको पनि दाहालले टिप्पणी गरे ।

leave a reply