ADVERTISING

Breaking News

माओवादीद्वारा विधान परिमार्जन गर्न ५ सदस्यीय उपसमिति गठन 

राष्ट्रिय सम्मेलनको प्रतिनिधि थप गर्ने जिम्मा अध्यक्ष दाहाललाई

नेकपा माओवादी केन्द्र को स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ । शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीकोबैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो । विधान परिमार्जन उपसमितिमा देव गुरुङ, पम्फा भुसाल, लिलामणि पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव रहेका छन । उपसमितिले आउँदो मंसिर २५ गतेसम्म विधान परिमार्जन गरिसक्ने बताइएको छ ।
बैठकले प्रत्येक प्रदेशबाट राष्ट्रिय सम्मेलनमा ३० जना प्रतिनिधि सहभागी हुनेगरी कार्यविधी बनाएको बताउँदै केन्द्रिय प्रतिनिधिको संख्या थप्न अध्यक्ष पुष्पकमल दाहाललाई प्रस्ताव तयार पार्ने जिम्मेवारी समेत दिएको छ । पार्टीमा नयाँ पार्टी सदस्यहरुको प्रवेश शुल्क दुई हजार रुपैयाँ निर्धारण गरिएको छ । राष्ट्रिय सम्मेलनको लागि व्यवस्थापन उपसमितिहरु पनि गठन भएका छन । बैठकले हितमान शाक्यको नेतृत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति बनाउने निर्णय गरेको हाृ । त्यस्तै बैठकले राष्ट्रिय सम्मेलनका लागि स्वयंसेवक उपसमिति र स्वास्थ्य उपसमिति बनाउने निर्णय पनि गरेको छ । लेखा परीक्षणको प्रतिवेदन सार्वजनिक गर्नको लागि स्थायी कमिटीले अनुमति दिएको छ । राष्ट्रिय सम्मेलनबाट हरेक प्रदेशमा घाइते र अपाङ्गहरुको हकहीत सुरक्षित गर्ने निर्णय गरिएको छ ।

leave a reply