ADVERTISING

Breaking News

पतञ्जली टिभी कार्यालयमा सूचना विभागको छानबिन टोली

काठमाडौ । पतञ्जली आयुर्वेद नेपालले प्रसारणको तयारी थालेको आस्था नेपाल र पतञ्जली नेपाल टिभीमाथि सूचना तथा प्रसारण विभागले छानबिन अघि बढाएको छ। विभागले आइतबार ती दुबैको कार्यालय रहेको मण्डिखाटारस्थित पतञ्जली नेपालमा टोली पठाएको हो।
भारतीय योग गुरु रामदेव र आचार्य बालकृष्णको उपस्थितिमा टेलिभिजन उद्घाटन भएपछि यसको वैधताबारे प्रश्न उठेको छ ।टिभीको कार्यालय मण्डिखाटारस्थित पतञ्जली योगपीठमा राखिएको छ। दुबै टिभी कानुनी रूपमा अनुमतिको प्रक्रियामै नगइकन शुक्रबार उद्घाटन गरिएको थियो। अनुमति नपाएका टिभी च्यानल उद्घाटनमा प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका वरिष्ठ मन्त्री र दलका शीर्ष नेताहरू पुगेका थिए।

विभागका निर्देशकको संयोजकत्वमा बनेको ४ सदस्यीय समितिले टेलिभिजनको उद्घाटन भएको स्थानमै पुगेर वास्तविकताबारे जानकारी लिएको हो । सो टेलिभिजनले अहिलेसम्म प्रसारण विभागमा अनुमतिका लागि प्रक्रियासम्म थालेको छैन । पतञ्जली आयुर्वेद भारतीय जनता पार्टीसँग निकट छ। आयुर्वेदको व्यापार सँगसँगै उसले राजनीति पनि गर्ने गरेको आरोप छ।
टेलिभिजनबारे विवाद भएपछि पतञ्जलि योगपीठ नेपालले आइतबार प्रेस विज्ञप्ति जारी गरी टिभी प्रसारणमा आइनसकेको बताएको छ।

leave a reply