ADVERTISING

Breaking News

युद्धकालिन घटनाका दोषिले उन्मुक्ति पाउन हुदैन: ओली

फाइल तस्बिर

एमाले अध्यक्ष केपी ओलीले द्वन्द्वकालमा भएका मानवता बिरोधी ज्यादती तथा मानव अधिकार उल्लंघनका गम्भीर घटनामा आममाफी दिने कुरामा सहमत हुन नसक्ने बताएका छन् । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १५ वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै ओलीले युद्धकालिन घटनाका दोषिले उन्मुक्ति पाउन नहुने बताएका छन । द्वन्द्वमा पीडा भोग्न बाध्य पारिएका नागरिक र समाजलाई सत्यको जानकारी गराउने, न्याय सुनिश्चित गर्ने, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रूपमा स्वीकार्य विधिबाट स्मरण, सम्मान र औषधोपचार सहितको परिपूरणको व्यवस्था गरी मेलमिलापको भावना अभिवृद्धि गर्नुपर्ने ओलीको भनाइ छ । ओलीले सत्य, न्याय, परिपूरण र रूपान्तरणमुखी शान्तिको प्रक्रियाद्वारा समाजमा मेलमिलाप र स्थायित्व कायम राख्नुपर्ने पक्षमा आफु रहेको उल्लेख गरेका छन । यस्तै‚ उनले माओवादी र कांग्रेसको अनिच्छाका कारण शान्ति प्रक्रियाका बाँकी काम पूरा हुन नसकेको बताएका छन् । ओलीले एमाले सरकारमा रहँदा शान्ति प्रक्रियालाई पूर्णता दिन धेरै प्रयास गरे पनि सशस्त्र युद्धमा प्रत्यक्ष संलग्नहरुको अनिच्छाका कारण यो सम्भव नभएको उल्लेख गरेका छन् ।

leave a reply