ADVERTISING

Breaking News

प्रहरी भित्रको दाउपेज, राजनीतिक खेल

काठमाडौ । नेपालको शक्तिशाली सुरक्षा निकाय हो नेपाल प्रहरी । जनधनको सुरक्षा र अमन चयन प्रहरीको मुल मन्त्र हो । तर, तेही प्रहरी संगठन भित्र राजनीतिक दाउपेच र एक अर्काको खुट्टा तान्ने प्रबिधि यति हाबी छ की कहिले काहीँ संगठन कै बद्नाम हुने गर्छ ।
प्रहरी संगठन भित्र हुने अनेक खेलको बारेमा बेला बेलामा चर्चा हुने गर्छ । अहिले पनि संगठन भित्रको यस्तै एउटा दाउपेचको घटना बाहिरिएको छ । नेपाल प्रहरीभित्र बहालवाला प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी हरिबहादुर पाललाई मानवअधिकार उल्लंघनसम्बन्धी मुद्दामा फसाउन खोजेको घटना अहिले चर्चाको बिषय बनेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एआइजी पाललाई सर्लाहीको कुमार पौडेल इन्काउन्टर प्रकरण मा मुद्दा लगाएर फसाउन खोजेको प्रकरण बाहिरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापाको भारत भ्रमणका बेला निमित्त प्रमुखको जिम्मेवारी पाएका अधिकृतमार्फत यो पक्राउ पुर्जी जारी गर्नेसम्मको तयारी भएको आरोप लागेको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी हरिबहादुर पाल

प्रहरीमा दोस्रो वरीयताका पाललाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी नदिई चौथो नम्बरका प्रद्युम्न कार्कीलाई तोकिएको थियो । नेपाल प्रहरीको सेवा अवधि बढाउने चर्चा चलिरहेका बेला पाललाई पक्राउ पुर्जी जारी गरी निलम्बनमा राख्न सके अन्य पदाधिकारीलाई सहज हुने ठानेर यस्तो षड्यन्त्र रचिएको चर्चा संगठनभित्र चलिरहेको छ । इन्काउन्टर फेक भएको भन्दै घटनालाई नयाँ मोड दिन खाजेको संगठन भित्रै चर्चा भैरहेको छ । आइजिपी थापा, एआइजी पाल र प्रद्युम्न कार्की एउटै समूहमा भर्ना भए पनि पाल कार्कीभन्दा अगाडि एआइजी भएका थिए । महानिरीक्षक थापा भारत भ्रमणमा जाँदा मर्यादाक्रममा दोस्रो स्थानमा रहेका एआइजी पालले निमित्तको जिम्मेवारी पाउनुपथ्र्यो । पालले नपाए तेस्रो मर्यादाक्रममा रहेका निरजबहादुर शाहीले निमित्त आइजिपी पाउनुपर्नेमा चौथो मर्यादामा रहेका एआइजी कार्कीलाई सो जिम्मेवारी दिइएको थियो । प्रहरीभित्रको आन्तरिक राजनीतिका कारण पाललाई कार्यकालअघि नै मुद्दा चलाएर हटाउने तयारीमा केही प्रहरी लागिपरेका बुझिएपछी गृह मन्त्री र प्रधानमन्त्रीले समेत चासो दिएर हस्तक्षेप गरको कुरा बाहिरिएको छ । प्रधानमन्त्री र गृहमन्त्री पाल घटनालाई प्रहरी संगठन भित्रको षड्यन्त्रका रुपमा लिएको बुझिएको छ । प्रहरीको ३० वर्षे सेवा अवधि हटाउने विषयमा छलफल चलिरहेका बेला एआइजी पाल बिरुद्ध षड्यन्त्र भएको केही उच्च प्रहरी अधिकारीले आरोप लगाउदै आएका छन ।

leave a reply