ADVERTISING

Breaking News

रोल्पामा बस दुर्घटना, चार जनाको मृत्यु

रोल्पा । रोल्पाको जलजलामा यात्रुबाहक बस दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । दाङको घोराहिबाट रोल्पाको थवाङ जादैगरेको ना ३ ख ५५१८ नम्बरको यात्रुबाहक बस रोल्पाको माडी गाउपालिका दुई जलजला भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा ३ पुरुष र एक महिलाको मृत्यु भएको हो । उनीहरुको पहिचान खुल्न बाँकी छ । प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा अन्य १७ घाईतेभएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । गम्भिर घाइतेहरुको जिल्ला अस्पताल रेउघामा उपचार भैरहेको छ । अन्य घाइतेको अवस्था सामान्य रहेकाले स्थानीय स्वास्थ्य सस्थामा उपचार भैरहेको प्रहरीले बताएको छ। दुर्घटनाको कारण खुलेको छैन ।

leave a reply