ADVERTISING

Breaking News

अमेरिकी सहायक विदेशमन्त्री लुलेद्धारा प्रधानमन्त्री देउवासंग भेटवार्ता

काठमाडौ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनले देउवालाई भेटेका हुन्। भेटका क्रममा उनीहरूबीच दुई देशबीचको पारस्पारिक सम्बन्ध, कोभिडले पारेको असर र भ्याक्सिनका सहयोग लगायतका विषयमा कुराकानी भएको छ ।

भेटमा प्रधानमन्त्री देउवाले हालै सम्पन्न कोप २६ मा घोषणा गरेको कार्यक्रमको कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका थिए। त्यसपछि लुले अमेरिकाले आर्थिक र प्राविधिक रूपमा सहयोग गर्ने विश्वास दिलाएको उनले बताए।

leave a reply