ADVERTISING

Breaking News

सहिद स्मारक ए डिभिजन लिग भोलीबाट सुरु

काठमाडौ । सहिद स्मारक ए डिभिजन लिगको नयाँ संस्करण भोलीबाट सुरु हुँदै छ । लिगको उद्घाटन खेलमा यसै सिजन ए डिभिजन लिगमा बढुवा भएको सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब भिड्नेछन् । लिग सुरु हुन पूर्व अखिल नेपाल फुटबल संघ एन्फाले गरेको पत्रकार सम्मेलनमा सहभागि सबै क्लबले राम्रो नतिजाका लागि खेल्ने बताएका छन् । लिगमा सहभागी सबै जसो क्लबले आफ्नो टोलीमा युवा टोलीको बाहुल्यता रहेको र लिग जित्नका लागि खेल्ने बताए । एन्फाले सुरुआती दुई चरणका लागि जारी गरेको तालिका अनुसार उद्घाटन पछिका खेल पनि दशरथ रंगशालामा हुनेछन् । एक दिनमा दुई खेल हुनेछन् । पहिलो खेल दिनको १ बजे हुनेछ भने दोस्रो खेल पौने पाँच बजे सुरु हुनेछ । १४ टोलीले सहभागिता जनाएको सहिद स्मारक ए डिभिजन लिगमा कुल ९१ खेल हुँदै छन् । लिगको पुछारका दुई टिम रेलिगेसनमा रहँदै बी डिभिजनमा घटुवा हुनेछन् । लिगको विजेताले ७५ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५० लाख रुपैयाँ र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछ । यस्तै हरेक खेलको विजेताले ५० हजार पाउनेछ भने बराबरीमा खेल सकिए दुबै टोलीले २५÷२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

leave a reply