ADVERTISING

Breaking News

२९९ कोरोना संक्रमित थपिए, थप ६ जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८ सय ६३  जनाको पीसीआर परीक्षण गर्दा २७२ जना र ३ हजार २ सय ८८ सय जनाको एन्टिजेन परीक्षण गर्दा २७ जना गरी २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १३ हजार ५५७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने २६० जना निको भएका छन् ।योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या ११ हजार ४८९ पुगेको छ भने ७ लाख ९९ हजार १७६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६४२ जना रहेको मन्त्रालयले जनाएको छ ।

leave a reply