ADVERTISING

Breaking News

बारद्वारा प्रधानन्यायाधीश विरुद्धको आन्दोलनका थप कार्यक्रम घोषणा

राजीनामा दिन आउँदो शुक्रबारसम्मको अल्टिमेटम

प्रधान न्यायाधीश जबरा विरुद्धको आन्दोलनलाई गरिरहेको नेपाल बार एसोसियसनले आन्दोलनको कार्यक्रम थप गरेको छ । नेपाल बार एसोसिएसनको कार्यसमितिको बैठकले आगामी शुक्रबार सम्मका लागि आन्दोलनको कार्यक्रम थप गरेको हो । आगामी आन्दोलनमा सर्वोेच्च अदालत अगाडिको धर्ना प्रदर्शनलाई निरन्तरता दिँदै देश भरिका १८ वटा उच्च अदालतमा समेत विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । मङ्सिर ३ गते शुक्रबारसम्म प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नआए केन्द्रीय प्रतिनिधि पठाएर उच्च अदालतहरूमा विरोध प्रदर्शन गर्ने निर्णय बैठकले गरेको छ । नेपाल बारले आन्दोलन अवधिभर प्रधानन्यायाधीश उपस्थित सबै कार्यक्रम बहिस्कार गर्ने पनि बताएको छ । यस्तै न्याय परिषद् र न्याय सेवा आयोगका पदाधिकारीलाई बैठकमा सहभागी नहुन पनि एसोसियसनले आग्रह गरेको छ ।

leave a reply