ADVERTISING

Breaking News

दुई उच्चस्तरीय अमेरिकी प्रतिनिधि मण्डल नेपाल आउँदै

एमसीसी कार्यान्वयनमा नेपाललाई दवाब

एमसीसी कार्यान्वयन अन्यौलमा रहेका बेला दुई दिनमा दुई अमेरिकी प्रतिनिधिमण्डल नेपाल आउने भएका छन् । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आइपुग्दै छन् । त्यस्तै दक्षिण तथा मध्ये एसियाली मामिला हेर्ने अमेरिकी उपसहायक विदेश मन्त्री केल्ली किडरलिङ भोलि बिहीबार काठमाडौ आउने कार्यक्रम छ । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने लु आज साँझ काठमाडौँ आउन लागेका हुन । नेपालस्थित अमेरिकी दूतावासका अनुसार काठमाडौँ बसाइका क्रममा लुले प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम छ । त्यस्तै दूतावासका अनुसार दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उपसहायक विदेश मन्त्री केल्ली किडरलिङ भोलि बिहीबार काठमाडौं आउँदैछिन । दूतावासका अनुसार अमेरिका र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्ष पुग्न लागेकाले उनीहरुको भ्रमण हुन लागेको दाबी गरेको छ । अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन अघि बढ्न नसकेका बेला उनीहरुको नेपाल भ्रमण हुन लागेको हो । । सन २०१७ मा हस्ताक्षर भएको एमसीसी नेपालको संसद्बाट अनुमोदन नहुँदा कार्यान्वयन अघि बढेको छैन ।

leave a reply