ADVERTISING

Breaking News

सर्वोच्चमा आज पनि बन्दीका मुद्दा बाहेक सबै इजलास बहिष्कार

काठमाडौ । सर्वोच्च अदालतका १९ न्यायाधीशले आज पनि बन्दीका मुद्दा बाहेक सबै इजलास बहिष्कार गरेका छन् । आज प्रधानन्यायाधीश राणाले आफूसहित १४ न्यायाधीशलाई ९ इजलासमा १७७ मुद्दा तोकेका थिए । यीमध्ये ४ वटा मुद्दा भने बन्दीप्रत्यक्षीकरणका थिए । प्रधानन्यायाधीश राणाले आफ्नो मात्र एकल इजलासमा ६ वटा मुद्दा तोकेका थिए । तीसबै मुद्दामा आदेश गरेका छन् । बिहीबार प्रधानन्यायाधीश जबराले आफ्नो इजलासमा जबर्जस्ती करणी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग, गोली प्रहार गरी ज्यान मार्ने उद्योग, कालो बजारी तथा केही अन्य सामाजिक अपराध सम्बन्धी कसूर, लागू औषध लगायतका मुद्दाको पेसी तोकेका थिए । ती सबै मुद्दामा सुनुवाइ गर्दै उनले कैफियत प्रतिवेदन माग्ने आदेश दिएका छन् । बाँकी ८ वटा इजलासमा भने बन्दी प्रत्यक्षीकरणका मुद्दासँगै अन्य मुद्दाका पेसी पनि तोकिएका थिए । तर न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दा हेरेनन् ।

leave a reply