ADVERTISING

Breaking News

चिसो बढ्दै गएकाले शतर्क रहन आग्रह

जाडो याममा प्रदूषण बढ्न सक्ने

काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकाले शतर्क रहन आग्रह गरेको छ । महाशाखाले जाडो मौसम शुरु भएसँगै चिसो बढ्दै गएकाले शतर्क रहनुपर्ने बताएको हो । गत १० दिनमा काठमाडौँको तापक्रम १७ डिग्रिबाट ८ डिग्रि सेल्सियससम्म झरेको छ भने कार्तिक महिनामा नै जुम्लाको तापक्रम माइनस १ डिग्रि सेल्सियससम्म पुगेको महाशाखाले जनाएको छ । आगामी दिनमा काठमाडौं उपत्यकाको तापक्रम घटेर माइनस वा शुन्य डिग्री सेल्सियससम्म पुग्ने अनुमान समेत महाशाखाले गरेको छ ।
भारत र चीनमा प्रदूषण बढीरहेकाले नेपालका मुख्य शहरहरुमा पनि जाडो याममा प्रदूषण बढ्न सक्ने पनि महाशाखाले जनाएको छ ।

leave a reply