ADVERTISING

Breaking News

निर्वाचन आयोगले थाल्यो स्थानीय तहको निर्वाचनका लागि तयारी 

मंसिर पहिलो सातादेखि मतदाता नामावली संकलन गरिने

काठमाडौ । निर्वाचन आयोगले आउँदो निर्वाचनलाई लक्षित गरेर मंसिर पहिलो सातादेखि गाउँ–गाउँमा मतदाता नामावली संकलन गर्ने तयारी गरेको छ रु। दुई साताअघि सरकार र निर्वाचन आयोगका पदाधिकारीबीच छलफलपछि आयोगले मतदाता नामावली संकलन गर्ने निर्णय गरेको होरु। आयोगले मंसिर पहिलो सातादेखि स्थानीय तहको केन्द्रमा प्राविधिक खटाएर मतदाता नामावली संकलन गर्न अर्थ मन्त्रालयसँग बजेटसमेत माग गरिसकेको छरु। ७ सय ५३ स्थानीय तहमा एक महिना मतदाता नामावली संकलन गर्न ११ करोड रुपैयाँ बजेट आवश्यक पर्ने आकलन आयोगको छ । स्थानीय तहमा मतदाता नामावली संकलन गर्न प्राविधिकलाई एक महिनाका लागि करारमा नियुक्ति गरेर खटाउने आयोगको तयारी छ । हिमाल र पहाडमा २० दिन र तराईमा ३० दिनसम्म नामावली संकलन हुनेछ । प्रशासन र जिल्ला निर्वाचन कार्यालयमा पनि मतदाता नामावली संकलन यथावत् राखेर स्थानीय तहमा छुटेकालाई समेट्ने आयोगको योजना छ । आयोगले सरकारसँग चैत ५ भित्र स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने कानुनी अड्चन रहेको जानकारी सरकारलाई गराइसकेको छ ।

leave a reply