ADVERTISING

Breaking News

सल्यान बस दुर्घटना: १२ जनाको मृत्यु, १८ जना घाइते

सल्यान । सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । आइतबार बिहान करिव ११ बजे ना.२ख २५५२ नम्बरको बस सल्यानको कपुरकोट गाउँपालिकाको खारखोला नजिकै दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै, दुई जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा र ६ जनाको अस्पतालमा मृत्यु भएको हो । घटनामा गम्भीर घाइते भएका ३ जनालाई हेलिकोप्टरबाट उपचारका लागि कोहलपुर लगिएको छ ।
मृत्यु हुनेमा दुई बालबालिका रहेका छन । मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी १८ जना घाइते भएका छन् । घाइतेहरुको तुल्सीपुर, सल्यानको श्रीनगर र जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ । बसमा ३६ जना यात्रु रहेको सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले जनाएका छन् । सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुर तर्फ जाँदै गरेको बस कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो । बस दाङको तुलसीपुरस्थित राप्ती त्रिशिद्धेश्वरी यातायातको रहेको प्रहरीले जनाएको छ ।

leave a reply