ADVERTISING

Breaking News

राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीविच भेटवार्ता

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी ओलीविच आज भेटवार्ता भएको छ । राष्ट्रपति भवन शितल निवासमा करिव दुईघन्टा भएको भेटवार्तामा नेकपा एमालेको आसन्न महाधिवेशन र समासामयिक राजनीतिक परिस्थितीबारे छलफल भएको बताइएको छ । भेटमा राष्ट्रपति भण्डारीले नेकपा एमालेको चितवनमा हुने महाधिवेशनका विषयमा चासो राखेको बुझिएको छ । भेटमा ओलीले महाधिवेशनका लागि अहिलेसम्म भएको तयारी लगायतका विषयमा राष्ट्रपति भण्डारीलाई जानकारी गराएका छन । राष्ट्रपति निर्वाचित भएपछि पनि भण्डारीले नेकपा एमालेको आन्तरिक राजनीतिमा चासो राख्दै आएकी छिन । पार्टी विभाजन अघि दुबै समूहका नेतालाई शितल निवासमा बोलाएर उनले सहमति खोज्न आग्रह समेत गरेकी थिइन । चाडपर्व सकिएलगत्तै ओली राष्ट्रपति भण्डारीलाई भेट्न ओली शितल निवास पुगेका हुन् ।

leave a reply