ADVERTISING

Breaking News

न्यायपालिकाभित्रको समस्या न्यायपालिकाले नै समाधान गरोस्: कानुनमन्त्री बडु

काठमाडौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले न्यायपालिकाभित्र देखिएको समस्या न्यायपालिका आफंैले छिटो समाधान गरोस् भन्ने आफूहरुको चाहना रहेको बताएका छन । मंगलबार काठमाडौंमा आयोजित सञ्चारसम्बन्धि कानुनका विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री बडुले संविधानको सीमा, जनताको अपेक्षा पनि स्वतन्त्र न्यायपालिका भित्र देखिएका समस्या ऊ आफैंले समाधान गरोस् भन्ने रहेको बताएका हुन । मन्त्री बडुले न्यायपालिकाका कारण जनताको न्याय पाउने अधिकार हनन् हुन नदिन भने सरकार प्रतिवद्ध रहेको बताए । मन्त्री बडुले स्वतन्त्र न्यायालयमा समस्या देखिदा त्यसप्रति चिन्ता लाग्नु स्वभाविकै भएको पनि बताए ।

leave a reply