ADVERTISING

Breaking News

५३३ जना कोरोना संक्रमित थपिए, थप ९ जनाको मृत्यु

काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर थप ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४६८ जनाको पीसीआर परीक्षण गर्दा ४४१ जना र ४ हजार १९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ गरी ५३३ जनामा कोरोना संक्रमण पुष्‍टि भएको हो।यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ७ हजार ६३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ भने ४९० जना निको भएका छन् ।यो संगै कोरोना संक्रमणका कारण हालसम्म ११ हजार ४१६ जनाको मृत्यु भएको छ भने ७ लाख ९२ हजार २७७ जना संक्रमणमुक्त भएका छन् ।हाल देशभर देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३१८ जना रहेको छ ।

leave a reply