ADVERTISING

Breaking News

एकीकृत समाजवादीको चुनाव चिन्ह कलम, झण्डालाई पनि मान्यता

काठमाडौ । नेकपा एकीकृत समाजवादीको चुनाव चिन्ह कलम हुने भएको छ । निर्वाचन आयोगले एकीकृत समाजवादीले माग गरे अनुसार नै कलम चुनाव चिह्न उपलब्ध गराएको हो । नेकपा एकीकृत पार्टी नेकपा एकीकृत समाजवादीमा गाभिएसँगै निर्वाचन चिह्न कलम माग गरिएको र सो चिह्न एकीकृत समाजवादी पार्र्टीलाई उपलब्ध गराइएको निर्वाचन आयोगले जनाएको छ । एकीकृत समाजवादीले प्रस्ताव गरेको झण्डा पनि प्रदान गरिएको आयोगले जनाएको छ । आयोगले एकीकृत समाजवादीलाई रातो पृष्ठभूमिमा बायाँ भागको माथिल्लो कुनामा सेतो रङको हँसिया र हथौडा खप्टिएको चिन्हलाई पार्टी झण्डाका रूपमा मान्यता दिएको छ ।

leave a reply