ADVERTISING

Breaking News

६७२ जना कोरोना संक्रमित थपिए, थप ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७,१६७ पीसीआर परीक्षणमा ५८२ र २,३२८ एन्टिजेन परीक्षणमा ९० जना गरी ६७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०२ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौं जिल्लामा १३७, ललितपुरमा ५० र भक्तपुरमा १५ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमणमुक्त हुनेको संख्या ४९० रहेको छ।हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ३७५ रहेको छ ।

leave a reply