ADVERTISING

Breaking News

प्रधानन्यायाधीशलाई महाभियोग लगाउन बृहत् नागरिक आन्दोलनको आग्रह

काठमाडौं । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउन राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।बुधबार प्रेस विज्ञप्ती जारी गर्दै बृहत् नागरिक आन्दोलनले बार एसोसियसनहरू, पूर्व प्रधानन्यायाधीशहरू, वरिष्ठ अधिवक्ताहरू, न्यायाधीश समाजको आह्वानलाई समर्थन गर्दै न्यायपालिकाको नेतृत्व दिन अक्षम प्रधानन्यायाधीश जबरामाथि महाभियोग लगाउन राजनीतिक दलहरूको ध्यानाकर्षण गराएका हुन् ।
प्रधानन्यायाधीश जबरामा व्याप्त न्यायिक विचलनका कारण न्यायपालिकाप्रति घट्दो जनआस्थाबीच सर्वोच्च अदालतमा इजलास बस्न नसक्ने दुरावस्था सिर्जना भएको नागरिक आन्दोलनको ठहर छ ।
कस्तो व्यक्ति कसरी न्यायाधीश बनाउने भन्ने प्रत्याभूतिले न्यायपालिकाप्रति दलहरूको प्रतिबद्धता प्रष्ट बनाउन अभियान्ताको सुझाव छ ।
न्यायपालिकामा हाल देखापरेको संकट समाधानतर्फ जिम्मेवार हुनुको सट्टा सत्ता र प्रतिपक्षका दलहरूबीच प्रतिशोध साँध्ने प्रतिस्पर्धा देखिनु गैर राजनैतिक व्यवहार रहेको अभियान्ताको ठम्याई छ ।
राज्यलाई न्यायपूर्ण, लोकतान्त्रिक र समतामूलक बनाउन जवाफदेहिताका लागि खबरदारी गर्दै आएको बृहत् नागरिक आन्दोलनले न्यायपालिकामा व्यापक सुधारका साथ यसलाई जनताको न्यायिक आस्थाको केन्द्र बनाउनेतर्फ सम्बद्ध सबै पक्षहरूसँग आह्वान गरेको छ ।

leave a reply