ADVERTISING

Breaking News

विवादका बीच प्रधानन्यायाधीश राणाले गरे एकल इजलासबाट पाँच मुद्दामा आदेश जारी

काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले आफ्नो एकल इजलासबाट पाँच मुद्दामा आदेश जारी गरेका छन् । राणाले बुधबारका लागि सर्वोच्च अदालतमा ११ इजालास तोकेका थिए । अन्य न्यायधीशहरु इजलासमा बसेनन् । तर प्रधानन्यायधीश राणाले आफ्नो एकल इजलासबाट उनले उक्त पाँच मुद्दाको आदेश जारी गरेका हुन् । उनले एउटा मुद्दा तामेलीमा राख्ने आदेश, एउटामा निवेदन फिर्ता, दुइटामा कारण देखाउ आदेश र एउटामा कैफियत प्रतिवेदन माग्ने आदेश गरेका हुन् । उनले आफूसहित दीपककुमार कार्की, मीरा खड्का, विश्वम्भर श्रेष्ठ लगायत पाँच जनाको संवैधानिक इजलास तोकेका थिए । तर संवैधानिक इजलास भने अरू न्यायाधीश प्रधानन्यायाधीशबारे धारणा बनाउन छलफल गर्न जुटेकाले बस्न सकेन । उनीहरूले हिजो प्रधानन्यायाधीशको राजीनामा माग गरेका थिए ।

leave a reply