ADVERTISING

Breaking News

प्रधानन्यायाधीश राणालाई आरोप छानबिन अवधिभर बिदामा बस्न पूर्व प्रधानन्यायाधीश पराजुलीको सुझाव

काठमाडौ । पूर्व प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले प्रधानन्यायधीश चोलेन्द्र शम्सेर राणालाई आफूमाथि लागेका आरोपहरुको स्वतन्त्र छानबिनका लागि अनुसन्धान अवधिभर बिदामा बस्न सुझाव दिएका छन् । संचारकर्मीसंग कुरा गर्दै प्रधानन्यायाधीश पराजुलीले न्याय र न्यायालयको सम्बन्धलाई अटुट बनाउन प्रधानन्यायाधीशले निकास दिन जरुरी रहेको बताए । उनले अहिले प्रधानन्यायाधीशले गरिरहेको क्रियाकलाप जायज हो वा होइन भन्ने कुरा राजनीतिक पार्टीले बुझ्न आवश्यक रहेको बताए ।
पराजुलीले प्रधानन्यायाधीशको कुराहरु निष्पक्ष छ वा छैन भन्ने कुरा जाँच गरेर हेर्नुपर्ने बताए । उनले अहिले सुझबुझको बेला भएको भन्दै हुल र गुटले नभई विधिसम्मत र न्यायसम्मत ढंगले सवै राजनीति दलले छलफल गरेर एउटा निकास लिन सक्नुपर्ने बताए ।

leave a reply