ADVERTISING

Breaking News

न्यायपालिका सुधारमा नेपाल बारको चासो, न्यायालयमाथि उठिरहेका प्रश्नबारे प्रधानन्यायाधीस राणासँग छलफल

नेपाल बार एशोसिएशनका पदाधिकारीले आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग भेट गरेको छ । स्वचालित पेशी प्रणाली लागुका साथै अहिले न्यायालयमाथि उठिरहेका प्रश्नबारे बारले प्रधानन्यायाधीस राणासँग भेटेर छलफल गरेको हो । संवैधानिक आयोगमा नियुक्तिसम्बन्धी मुद्दामा अवरोध, न्यायपालिकाको सुधारको लागि न्यायाधीश हरिकृष्ण कार्की समितिको प्रतिवेदन कार्यान्वयन, न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक लगायत विषयमा बारले प्रधानन्यायाधीस राणाको ध्यानाकर्षण गराएको हो । त्यस्तै अदालतमा स्वचालित पेशी प्रणाली लागु गराउन र सो प्रणाली लागु गर्न प्राविधिक रुपले केही समय लाग्ने भएमा गोला प्रणालीबाट पेशी तोक्ने सुझाव कार्यान्वयन गर्न पनि बारले आग्रह गरेको छ । अदालतमा रहेका विकृति र विसंगती रोक्न प्रधानन्यायाधीसले विशेष पहल गर्नुपर्ने माग बारले गर्दै आएको छ ।

leave a reply