ADVERTISING

Breaking News

१०९६ जना कोरोना संक्रमित थपिए, थप १२ जनाको मृत्यु

नेपालमा थप १ हजार ९६ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ८ हजार १ सय ४० वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा ९५७ र १ हजार ७ सय ७६ वटा नमुना एन्टिजेन वधिबाट परीक्षण गर्दा १३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ९ लाख ९६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ४ जना संक्रमण मुक्त हुँदा हालसम्म नेपालमा संक्रमित भएकामध्ये ७ लाख ८३ हजार ३९७ जना निको भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । योसँग नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ३ सय ५ पुगेको छ । देशभर ११ हजार ८ सय १५ जना सक्रिय संक्रमित रहेका छन् ।

leave a reply