ADVERTISING

Breaking News

माओवादीद्वारा प्रदेश पार्टी कमिटीसम्मको सम्मेलन कार्यतालिका हेरफेर

काठमाडौ । नेकपा माओवादी केन्द्रले प्रदेश पार्टी कमिटीसम्मको सम्मेलन कार्यतालिका हेरफेर गरेको छ । आज विहान बसेको स्थायी कमिटी बैठकले टोल, वडा, पालिका र प्रदेश कमिटीका सम्मेलनको कार्यकातालिका हेरफेर गरेको हो । बैठकले राष्ट्रिय सम्मेलन भने निर्धारित समयमै गर्ने निर्णय गरेको छ । माओवादीले राष्ट्रिय सम्मेलन पुस ११, १२ र १३ गते काठमाडौंमा गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।
पार्टी सदस्यता नवीकरण कार्तिक २५ गतेसम्म गर्ने गरी कार्यतालिका हेरफेर गरिएको छ । त्यस्तै, टोल सम्मेलन कार्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म, गाउँपालिका, नगरपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म गर्ने गरी समय थप गरिएको छ । त्यस्तै, माओवादीले १ सय ४९ जनाको सल्लाहकार समिति, ९९ जनाको ज्येष्ठ कम्युनिस्ट मञ्च, पेशलकुमार पोखरेलको अध्यक्षतामा २५ सदस्यीय लेखा आयोग र टंक राईको अध्यक्षतामा २५ सदस्यीय अनुशासन आयोग पनि गठन गरेको छ ।

leave a reply