ADVERTISING

Breaking News

नुवाकोटमा यात्रुबहाक बस दुर्घटना, एक जनाको मृत्यु

नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा यात्रुबहाक बस दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घाइते ३७ जनामध्ये ८ जनालाई उपचारका लागि काठमाडौ ल्याइएको छ । बा४ख ५७६२ नम्बरको बस किस्पाङ–१ भाल्चेबाट त्रिशुली हुँदै काठमाडौँ जाने क्रममा दुर्घटनामा परेको हो । उक्त बसको छतमासमेत यात्रु राखिएको थियो । ब्रेक फेल भई बस दुर्घटना भएको अनुमान प्रहरीको छ ।

leave a reply