ADVERTISING

Breaking News

डब्लूएचओद्वारा वायु प्रदुषण र स्वास्थ्यसम्वन्धी नयाँ निर्देशिका जारी 

वायु प्रदूषण आँकलन गरिए भन्दा पनि घातक देखिएको चेतावनी

विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओले वायु प्रदूषण यसअघि आँकलन गरिएभन्दा पनि घातक देखिएको भन्दै चेतावनी दिएको छ । डब्लुएचओले वायु प्रदूषण र स्वास्थ्यसम्बन्धी नयाँ निर्देशिका जारी गर्दै यस्तो चेतावनी दिएको हो । डब्लुएचओले१ सय ९४ सदस्य राष्ट्रलाई उत्सर्जन कम गर्न र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि प्रयास थाल्न आग्रह गरेको छ । आउँदो नोभेम्बरमा हुने कोप २६ सम्मेलनअघि डब्लुएचओको चेतावनी तथा आग्रह आएको हो । उसले वायु प्रदूषणको प्रमुख कारकमध्ये एक नाइट्रोजन अक्साइड उच्च सुरक्षा तहको मापदण्ड समेत घटाएको छ । वायुमा हुने धूलोका मसिना कणहरु ‘पिएम’ दुई दशमलब पाँचलाई लिएर डब्लुएचओले निर्देशिका जारी गरेको हो । निर्देशिकामा तहमा वायु प्रदूषण कम हुने हो भने पिएम दुई दशमलब पाँचका कारण हुने करिब ८० प्रतिशत मृत्यु रोक्न सकिने उल्लेख छ । डब्लुएचओले पिएम दश भनिने अर्को प्रकारको मसिनो धूलोको कणको मात्रा पनि २५ प्रतिशतले कटौती गर्नुपर्ने उल्लेख गरेको छ । उसले ओजोन, नाइट्रोजन अक्साइड, सल्फर डाइक्साइड र कार्बन मोनोअक्साइडसहितका ग्यासको मात्रामा पनि कटौती गरिनु पर्ने सुझाव दिएको छ । वायु प्रदूषणका कारण मुटुसम्बन्धी रोग तथा स्ट्रोकसहितका घटना बढेको र बालबालिकामा वायु प्रदूषणले फोक्सोको विकासमा असर गर्ने र दमसहितका समस्या देखिन थालेको डब्लुएचओको भनाइ छ । धूमपान र अस्वस्थकर खानपानसरह नै वायु प्रदूषण घातक रहेको डब्लुएचओले बताउँदै आएको छ । वायु प्रदूषणका कारण विश्वभर हरेक वर्ष करिब ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको छ ।

leave a reply