ADVERTISING

Breaking News

त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै 

दोस्रो जित निकाल्ने योजना

आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र अमेरिकाबीचको खेल दिउँसो सबा चार बजे ओमानको अल अमिरात क्रिकेट मैदानमा हुनेछ । अमेरिकाविरुद्ध मैदान उत्रदा नेपाल जितको खोजीमा हुनेछ । पहिलो भेटमा अमेरिकालाई नेपाले पाँच विकेटले पराजित गरेको थियो । आज नेपाल अमेरिकाविरुद्ध लगातार दोस्रो जित निकाल्ने योजनामा र अमेरिका पनि नेपालविरुद्ध बदला लिने योजनामा हुनेछ । नेपाल दोस्रो खेलमा भने घरेलु टिम ओमानविरुद्ध ५ विकेटले नै पराजित भएको थियो । यस्तै अमेरिकाले बिहीबार भएको खेलमा ओमानसँग ४ विकेटको हार व्यहोरेको छ । लिग टु मा नेपाल ६ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । अमेरिका १४ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

leave a reply