ADVERTISING

Breaking News

सम्पत्तिबारे भन्न मिल्दैन: मनाङ्गे

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दिपक मनाङेले आफ्नो सम्पत्तिबारे भन्न नमिल्ने बताएका छन् । मन्त्रालयको कार्यभार सम्हालेको दुई महिनापछि सम्पत्ति जानकारी गराउने क्रममा उनले यस्तो बताएका हुन् । उनले आफूले आफ्नो सम्पत्ति पहिलो श्रीमतीलाई दिएको र बाँकी सम्पत्ति छोराहरुको नाममा नामसारी गरिसकेको पनि बताए । मन्त्री गुरुङले आफ्नो पुरानो सम्पत्तिमा मुद्दा पनि रहेको बताए । उनले सम्पत्ति शुद्धीकरणको मुद्दाबाट आफूले सफाइ पाइसकेको जानकारी दिए । गण्डकी प्रदेशका मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे पनि गुरुङले अझै सार्वजनीक गरेका छैनन् ।

leave a reply