ADVERTISING

Breaking News

नेपालमा बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिन आपतकालिन अनुमति

औषधि व्यवस्था विभागले कोरोना विरुद्ध प्रयोग हुँदै आएको फाइजर खोप बालबालिकाका लागि अनुमति दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत् वितरणका लागि फाइजरलाई अनुमति दिइएको विभागले जनाएको छ । सरकारले ल्याएर प्रयोग गर्न फाइजरलाई आपतकालीन अनुमति दिइएको विभागको भनाइ छ । कोभ्याक्स सुबिधामार्फत आउने खोप १२ वर्ष उमेर समूमाथिकालाई दिने तयारी छ । कोभ्याक्स सुविधा अन्तर्गत् केही दिनमै एक लाख मात्रा फाइजर खोप आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि नेपालमा कोभिसील्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, एष्ट्राजेनेकाले आपतकालीन प्रयोगका लागि अनुमति पाएका छन् ।

leave a reply