ADVERTISING

Breaking News

१६४० जना कोरोना संक्रमित थपिए, थप १० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १६४० जना कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार ४५५ नमुना परीक्षण गर्दा १६४० संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।परीक्षण गरिएका नमुनामध्ये ९७६७ पीसीआर र ३६८८ एन्टीजेन नमुना परीक्षण थिए । बुधबार काठमाडौंं जिल्लामा ३४९, ललितपुरमा १५० र भक्तपुरमा ६९ गरि ५६८ जना संक्रमित उपत्यकामा थपिएका छन् । उपत्यकापछि कास्कीमा १३२ र मोरङमा १३८ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ भने थप २१६१ जना कोभिड बिरामी निको भएका छन् । अहिले देशभर सक्रिय संक्रमित संख्या २९ हजार ४७९ जना रहेका छन् । कूल मृत्यु संख्या १० हजार ८८९ पुगेको छ ।

leave a reply