ADVERTISING

Breaking News

सभामुख एमाले फुटाउने अपराधिक, गैरकानूनी काममा संलग्न भए: ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एमाले विभाजन गराउन भुमिका खेलेको भन्दै सभामुखलाई यथास्थितिमा मानेर जान नसकिने बताएका छन । बुधवार बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले सभामुख सापकोटा एमाले फुटाउने अपराधिक, असंवैधानिक र गैरकानूनी काममा संलग्न रहेको आरोप लगाए । सभामुखको एमाले विरोधी गतिविधिको विरुद्धमा आफ्नो पार्टी शसक्त रुपमा उत्रने ओलीको भनाई छ ।
आफुहरु गम्भिर राजनीतिक लडाइँमा रहेको भन्दै उनले संसदलाई गठबन्धनको एकलौटी खेल मैदान बन्न नदिने चेतावली दिए ।
अध्यक्ष ओलीले देशको सिंगो प्रणाली, लोकतन्त्र, देशको अस्तित्वका मुलमुद्धामा मात्रै केन्द्रीत हुन सांसदहरुलाई निर्देशन दिए ।

leave a reply