ADVERTISING

Breaking News

रियल मड्रीडले ठुलो रकम खर्चेको छ, त्यसको परिणाम दिन चाहेको छु: हाजार्ड

एजेन्सि – रियल मड्रीडका बेल्जियन स्ट्राइकर इडेन हाजार्डले यो सिजन राम्रो प्रदर्शन गरेर क्लबलाई सहयोग गर्न चाहेको बताएका छन् । गएको दुई सिजन चोटका कारण राम्रो प्रदर्शन गर्ननसकेका उनी यो सिजनको सुरुवातमा भने चोटमुक्त छन् । सन् २०१९÷२० को सिजनमा चेल्सिबाट रियल गएका उनी चोटका कारण प्राय मैदान बाहिरनै रहे ।

उनले रियलमा दुई सिजन विताउदा ३३ खेलमा ४ गोलमात्र गरेका छन् । उनी गएको सिजनलाई विर्सदै नयाँ सिजनको लागि तयार रहेको र क्लबले आफुलाई खर्चगरे अनुसारको प्रदर्शन दिन तयार रहेको बताउछन । ‘रियल मड्रीडले मेरालागि ठुलो रकम खर्चेको छ, म त्यहि अनुसारको प्रदर्शन दिन चाहान्छु ।’

एचएलएनसँगको अन्तवार्तामा उनले भनेका छन्, ‘म पाँच वर्षका लागि रियलमा आवद्ध भएको हु, सुरुको दुईवर्ष मेरा लागि सफल रहेन अझै तिन वर्ष बाँकि छ जुनसमय म आफुलाई प्रमाणीत गर्न चाहान्छु । म त्यो क्षणको मर्खाइमा छु जुन दिन म क्लबलाई प्रमाणित गर्न सकु ।’
खेलमा फर्कनको लागि आफुले कडा मेहनत गरेकाले विगतको जस्तो चोटको समस्या यो सिजन नदोहोरिने उनको विश्वास छ ।

leave a reply