ADVERTISING

Breaking News

युद्धको सम्झनामा रणउजिरेश्वरी भगवतीको रथायात्रा आज निकालिंदै

पाल्पा- पाल्पा सदरमुकाम तानसेनमा जितगढी युद्धको सम्झनामा रणउजिरेश्वरी भगवतीको रथायात्रा आज निकालिंदै छ । बिक्रम सम्मत १८७१/७२ तिर जितगढीमा भएको युद्धमा तत्कालीन कर्णेल उजीर सिंहको नेतृत्वको सेनाले अग्रेज सेनालाई हराएको सम्झनामा रथयात्रा निकाल्ने गरिएको हो । कोरोना महामारीका कारण यो वर्षको जात्रा भव्य नहुने भएको छ ।

कोरोनाको जोखिम रहेकाले सीमित व्यक्तिको उपस्थितीमा मन्दिर परिसरमै रथयात्रा निकाल्ने तयारी गरिएको छ । यो बर्षको जात्रामा सर्वसाधारण सहभागी नहुने व्यवस्थापन समितिले जनाएको छ । जितगढी युद्धमा विजय प्राप्त गरेपछि खुसियालीमा सिंहले भगवती मन्दिरको मर्मतसम्भार गर्नुका साथै सिन्दुर जात्रा गरी बजार परिक्रमा गराएका थिए ।

१८७७ सालदेखि हरेक वर्ष पाल्पामा भगवती जात्रा भव्यताका साथ मनाउन थालिएको हो ।

leave a reply