ADVERTISING

Breaking News

विश्वकप क्रिकेटको एसिया क्षेत्रीय छनोटका लागि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा

काठमाडौं – नेपाल क्रिकेट संघ ‘क्यान’ले महिला टी ट्वान्टी विश्वकप क्रिकेटको एसिया क्षेत्रीय छनोटका लागि पहिलो चरणमा २४ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ ।

क्यानले विज्ञप्ति जारी गर्दै बन्द प्रशिक्षणका लागि पहिलो चरणमा खेलाडी छनोट गरिएको जनाएको हो । प्रशिक्षणका लागि बिनु बुढामगर, रुवीना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, संगिता राई, सरस्वती चौधरी, अनुराधा चौधरी, सुमन खतिवडा र सरस्वती जीएम छनोट भएका छन् । यस्तै, कञ्चन श्रेष्ठ, रेवती धामी, लक्ष्मी साउद, कविता जोशी, कविता कुँवर, डली भट्ट, विन्दु रावल, ममता चौधरी, सीता रानामगर, ज्याती पाण्डे, करुणा भण्डारी र सरिता मगरलाई छनोट गरिएको छ । एसिया छनोट आगामी मंसिर ७ देखि १२ गतेसम्म मलेसियामा सञ्चालन हुनेछ ।

उक्त प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छ । नेपालले खेल्ने एशिया छनोटमा भुटान, चीन, हङकङ, कुवेत, मलेसिया, म्यानमार र युनाइटेड अरब इमिरेटस् (यूएई)ले प्रतिस्पर्धा गर्नेछन् । कोरोना महामारीका कारण सो प्रतियोगिता सात महिनापछि सरेको हो ।

leave a reply