ADVERTISING

Breaking News

नेपालको एक मात्र क्यान्टिलिभर पुल पहिराले क्षति

गोरखा- उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा रहेको क्यान्टिलिभर पुललाई पहिराले क्षति पुर्याएको छ ।

शुक्रबार राती आएको पहिरोले क्यान्टिलिभर पुलमा क्षति पुगेको हो । २०७२ सालको बिनासकारी गोरखा भुकम्पपछि वडा नम्बर ६ स्थित चुम्चेत र लोक्पाको सर्दिभिरमा डिएफआइडिको सहयोगमा पुल निर्माण गरिएको थियो । पुलमा डाडाँ माथीबाट आएको पहिरोले क्षति पुर्याएपछि अहिले हिडडुल गर्न समस्या भएको छ ।

पुललाई क्षति पुगे सगै सर्व साधारण जोखिम मोलेरै आउजाउ गरी रहेका छन् । यो नेपालको एक मात्र क्यान्टिलिभर पुल हो ।

leave a reply