ADVERTISING

Breaking News

लुम्बिनी प्रदेश सभाको बैठक आज पनि स्थगित

प्रमुख विपक्षी दल नेकपा एमालेको अवरोधपछि लुम्बिनी प्रदेश सभाको वैठक बुधबार पनि स्थगित भएको छ । बैठक शुरु भएलगत्तै एमाले सांसदले सांसद अजय शाही र विमला वलीलाई पदमुक्त नगरेसम्म वैठक चल्न नदिने भन्दै रोष्टम घेराउ गर्दै नारावाजी गरेका थिए । सूर्य चिन्ह लिएर निर्वाचित शाही र वलीले पार्टी संसदीय दलको विधान र निर्देशन विपरीत गतिविधि गरेकाले पदमुक्त नगर्दा सम्म बैठक अबरुद्ध गर्ने एमाले सांसदहरुले बताएका छन । सभामुख पूर्णबहादुर घर्तीले भने एमालेले कारबाही गरेका सांसदको विषयमा आएका कागजपत्रबारे छलफल गरेर अघि बढ्ने बताए ।
बैठक बिहीबार दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

leave a reply