ADVERTISING

Breaking News

अफगानिस्तानको राजधानी काबुल बाहेकका प्रमुख सहर तालिबानको कब्जामा 

अवस्था नियन्त्रण बाहिर जान लागेको राष्ट्रसंघको भनाइ

तालिबान विद्रोहीले अफगानिस्तानको राजधानी काबुल बाहेक देशका सबै प्रमुख सहर कब्जा गरेको छ । पछिल्लो पटक तालिबानले सरकार र सेनाको सबैभन्दा बलियो गढ मानिने मजार ए सरिफ र जलालाबाद सहर पनि नियन्त्रणमा लिएको हो । मजार ए सरिफमा शनिवार र जलालाबादमा आज विहान तालिबानले नियन्त्रण कायम गरेको हो । अफगान सुरक्षाकर्मीले कुनै प्रतिकार विनानै जलालाबाद सहर तालिबानलाई छाडिदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । तालिबान विद्रोही अब काबुल कब्जा गर्न अगाडि बढेको बताइएको छ । मजार ए सरिफमा भएको आक्रमण अफगान सरकारका लागि सबैभन्दा ठूलो झट्का भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । मजार ए सरिफ बाल्ख प्रान्तको राजधानी र सरकार समर्थक सेनाको अन्तिम गढ हो । बिद्रोहीले शहरहरु नियन्त्रणमा लिएसँगै हजारौँ सर्वसाधारणहरू तुलनात्मक रूपमा सुरक्षित राजधानी काबुल पुगेका छन । विद्रोही समूह अफगानिस्तानको राजधानी काबुलबाट ११ किलोमिटर पर रहेको दक्षिणी सहरमा पुगेको बताइएको छ । अमेरिकाले काबुल प्रान्त प्रवेश गर्ने क्षेत्रमा तालिबानलाई लक्षित हवाई आक्रमण गरेको छ । अमेरिकी गुप्तचर निकायले तालिबानले ३० दिनभित्र काबुललाई कब्जा गर्न सक्ने आकलन गरेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले अफगानिस्तानको अवस्था नियन्त्रण बाहिर जान लागेको बताएका छ । युद्ध जारी रहे त्यसको सबैभन्दा ठूलो मूल्य सर्वसाधारणहरूले चुकाउनु पर्ने उनको भनाइ छ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले आफ्नो ध्यान अस्थिरता, हिंसा र जनताको विस्थापन रोक्नमा केन्द्रित रहेको बताएका छन । राजीनामा गर्न सक्ने आशङ्काकाबीच उनले सार्वजनिक सम्बोधन हुन् ।

leave a reply