ADVERTISING

Breaking News

एमालेको आपत्तिपछि संसदको रेकर्डबाट ओलीबारे मातृकाको अभिव्यक्ति हटाउन सभामुखको निर्देशन

काठमाडौ । नेकपा माओवादी केन्द्रका सांसद मात्रिका यादवले विपक्षी दलका नेता केपी शर्मा ओलीबारे प्रयोग गरेको केही शब्द हटाउन सभामुखले रुलिङ गरेका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यादवको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेपछि सभामुख सापकोटाले मातृकाको विवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा एमाले लोकतन्त्रको संघर्षबाट आएको पार्टी भएको बताउँदै सचेतक भट्टराईले यादवले संसदमा बोलेको कुरा संसदको रेकर्डबाट हटाएर संसदको गरिमा कायम गर्न माग गरेका थिए । बिहीबार यादवले  ‘[परमादेश भन्ने अनि जनादेशको अपमान गर्ने ? ज-जसलाई लागेको छ, राजीनामा दिए हुन्छ । यो सरकारले ६ महिनामा चुनाव गराइदिइहाल्छ’  बताएका थिए  । उनले परमादेश भन्नेहरुमा मेन्टल्ली र फिजिकल्ली समस्या रहेको अभिव्यक्ति दिएका थिए ।

 

leave a reply