ADVERTISING

Breaking News

लुम्बिनीमा तीन दल र एक स्वतन्त्रसहित ६ मन्त्रीले लिए शपथ

बुटवल- लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको नेतृत्वमा सरकार सहभागि भएका मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

कुलबहादुर केसीको शपथसँगै नवनियुक्त ६ जना मन्त्रीहरुलाई पनि प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्। डिल्ली चौधरीले ग्रामीण तथा शहरी विकासमन्त्रीको शपथ लिएमा छन् भने कृष्णध्वज खड्काले आर्थिक मामिला तथा योजना मन्त्रालय पाएका छन्। त्यस्तै,  सहसराम यादवले भौतिक पूर्वाधार विकास मन्त्रालय पाएका छन् भने अजय शाही, सुमन शर्मा रायमाझी र पुर्मती ढेंगाले भने विनाविभागीय मन्त्रालय पाएका छन्।

कांग्रेसका चौधरी र माओवादीका कृष्णध्वज खड्का र जनता समाजवादी पार्टीका सहषराम यादव मन्त्री बनेका हुन्। त्यस्तै, जनता समाजवादीका पुर्मती ढेगा र सुमन शर्मा रायमाझी पनि मन्त्री बनेका छन्। स्वतन्त्र सांसद अजय शाही पनि मन्त्रीको शपथ लिएका छन्।

leave a reply