ADVERTISING

Breaking News

नेप्से हालसम्मकै उच्च बिन्दुमा

काठमाडौ । नेप्से परिसूचक आज ५१.८६ अंकले बढ्दै ३,१६१.४४ विन्दुमा पुगेको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो । यसअघिको उच्च विन्दु गत बुधबार ३,१२३.१५ रहेको थियो । आज ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता सेयर किनबेचमा १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २९७ रूपैयाँ कारोबार भएको छ । यो रकम गत जेठ ३१ गतेपछिको सबैभन्दा बढी हो । आज विकास बैंक र फाइनान्स कम्पनीमा उछाल आउँदा नेप्से उच्च अंकले बढ्न सफल भएको हो । विकास बैंकको सेयर मूल्य ८.०७ र फाइनान्स समूहको सेयर मूल्य ६.७८ प्रतिशतले बढेको छ । आज एक दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

leave a reply