ADVERTISING

Breaking News

जसपा कार्यकारिणी समितिबाट हटाइएसँगै ठाकुरको अध्यक्ष पद गुम्यो

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) ले महन्थ ठाकुरसहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाएको छ । यससँगै ठाकुरको जसपा अध्यक्ष पद गुमेको छ । जसपाको दुई समूहको विवादमा निर्वाचन आयोगले ११ साउनमा उपेन्द्र यदव पक्षलाई आधिकारिकता दिएको थियो । यादव पक्षले हालै ३५ सदस्यीय कार्यकारिणी समितिको नाम निर्वाचन आयोगमा पठाएको छ । आयोगको सोमबार बसेको बैठकले जसपाले पठाएको नयाँ कार्यकारिणी समितिको विवरण अध्यावधिक गर्ने निर्णय गरेको हो । ठाकुर पक्षमा उभिएका १६ जनालाई कार्यकारिणी समितिबाट हटाइएको छ । कार्यकारिणी समितिबाट हटाइएका १६ जनालाई पार्टीको साधारण सदस्यबाट भने हटाइएको छैन । साधारण सदस्यबाट नहटाएका कारण ठाकुर सहितका नेताहरुको सांसद पद पनि कायमै छ । जसपाले भदौ १ र २ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।

leave a reply