ADVERTISING

Breaking News

लोकसेवाको कुनै परीक्षा नरोकिने

काठमाडौ । लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा नरोक्ने भएको छ । कक्षा १२ को परीक्षा रोकिएसंगै परीक्षा रोक्ने दबाबमा परेको आयोगले कुनै पनि परीक्षा नरोक्ने निर्णय गरेको हो । आयोगले तालिका प्रकाशित गरेको परीक्षाहरु नरोक्ने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले बताए । उनले तालिका प्रकाशित गरेका परीक्षा भइरहेको र अबका परीक्षाहरु पनि तोकिएकै समयमा हुने बताएका छन् । आयोगले आर्थिक वर्ष २०७६–०७७ र ०७७–०७८ मा विज्ञापन भई परीक्षा सञ्चालन हुन बाँकी विभिन्न तहका परीक्षा सञ्चालन गरिरहेको छ । आयोगले साउन १५ गतेदेखि असोज २३ गतेसम्म हुने परीक्षा तालिका प्रकाशित गरी परीक्षा सञ्चालन गरिरहेको छ ।

leave a reply